जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १३:५८

ज्वालाको अभिव्यक्तिले संसदमा हङ्गामा : जुरुक्कै उठ्यो विपक्षी बेञ्च-कडा प्रतिवादमा उत्रिइन साजिदा सिद्धिकी


काठमाडौं, भदौ २ । सत्तारुढ रास्वपाकी सांसदको ज्वाला संग्रौलाले प्रतिपक्षी दललाई ‘गुण्डाराज’ चलाएको अभिब्यक्तिले सदनमा हंगामा भएको छ ।

प्रतिनिधि सभाको आज (मंगलवार) को बैठकमा बोल्दै सांसद संग्रौलाले सरकारको कमजोरीको बचाउमा उत्रदा बिपक्षी दलमाथि आक्षेप लगाएपछि प्रतिपक्षी बेञ्ज जुरुक्कै उठेको हो ।

बैठकमा बोल्दै संग्रौलाले बालेन शाह नेतृत्वको रास्वपाको सरकारले भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउने बताउनु भयो । संग्रौलाले विगतका ३५ वर्षको शासनकै कारणले गत भदौमा जेनजी आन्दोलन भएको भन्दै बिपक्षीमाथि आरोपको बर्षा पनि गर्नुभयो ।

उहाँले विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ढलेको जेनजीको रगत अझै नसुकेको भन्दै आफ्नो धारणा राख्नुभयो । बिपक्षी दलमाथि आक्षेप लगाएर जेनजीको रगत नसुकेको भन्दै भर्खरै सुनसरी, सिरहामा मारिएका नागरिकप्रति अपमान गर्ने सांसद संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेञ्चका सांसद उठेर विरोध जनाए ।

संग्रौलाको आरोपपछि नेकपा एमालेकी सांसद साजिदा सिद्दीकी खातुनले कडा प्रतिवाद गर्नुभयो । उहाँले सुनसरी र सिरहामा गोली हानेर निर्दाेष नागरिक कस्लेम ार्यो भन्दै सरकारमाथि कडा प्रश्न गर्नुभयो । उहाँले रास्वपाको सरकारले गुण्डाराज चलाएको भन्दै प्रतिपक्षले प्रश्न गर्दा नै गुण्डाराज भनेको भन्दै कडा आपत्ति जनाउनु भयो ।

सांसद खातुनले आफूहरू गोली खाएर मर्न तयार भएको तर सरकारको गलत कामको समर्थन नगर्ने भन्दै चेतावनी पनि दिनुभयो । खातुनले प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको बताउँदै जेनजी आन्दोलनका कुरा गर्नेले सिरहामा सरकारले चलाएको गोलीबारे किन ढाकछोप गरेको ? सरकारले जवाफ दिनुपर्दैन भन्दै प्रश्न गर्नुभयो ।

हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ । हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ

संग्रौलाको नाम नलिई सांसद सिद्धिकीले भन्नुभयो, ‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन । हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ । हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ ।’

सिद्दीकीको जवाफपछि सङ्ग्रौलाले फेरि प्रतिवाद गर्नुभयो । संग्रौलाले खातुनको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । उहाँको सो भनाईलाई सभामुख डीपी अर्यालले सुनेको नसुनेकै गरेर संसद बैठकमा आक्रोश साम्य पार्नुभयो ।