जनता टाइम्स

९ पुष २०७६, बुधबार ०९:०९

यस्ता खानेकुरा खानुहोस, जस्ले बढाउँछ तपाईंको यौन क्षमता


काठमाडौं, पुस ९ । यौन कार्यलाई सुखद र लामो समय बनाउनका लागि विभिन्न औषधिसमेत बनेका छन । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । तर यौन क्षमताका लागि औषधी भन्दा केही खानेकुरा नै उत्तम देखिएको छ । सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ । यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यौन क्षमता बढाउनका लागि खानपान, शारीरिक व्यायाम आदीलाई विशेषा ध्यान दिन जरुरी रहनेछ ।

दुई पार्टनरलाई सनुष्टि हुनका लागि यौन क्रियाकलाप हुन सकेन भने त्यसले सम्बन्धमा समेत समस्या ल्याउन सक्ने हुँदा यौन क्षमतालाई ध्यान दिन जरुरी हुन्छ । यदि हामीले आफ्नो दैनिक आहारमा सन्तुलन मिलाउन सकेको खण्डमा त्यसैअनुरूप यौनक्षमता सधैँ सुन्तुलित रहन्छ । यहाँ यौनक्षमतावर्धक ८ वनस्पतिजन्य आहारबारे जानकारी दिइन्छ, जुन सबै मानिसको पहुँचमा छन् र सबै हिसाबले स्वस्थकर छन् ।

१.गाँजर

गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले पुरुषमा शुक्रकीट बढाउँछ । गाँजरको सेवन निरन्तर गर्नाले पुरुषको यौन क्षमतामा वृद्धि हुन्छ ।

२. भिन्डी

भिन्डीमा विभिन्न किसिमका भिटामिन पाइन्छन । यसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्यामा कमी आउँछ । साथै, यसले यौनक्षमतामा वृद्धि ल्याउँछ ।

३. गोलभेँडा

गोलभेँडामा पाइने लाइकोपिन तत्त्वले मानिसमा यौनइच्छा बढाउँछ । यसको सेवनबाट पुरुषमा प्रोस्टेट क्यान्सरको खतरासमेत न्यूनीकरण हुन्छ ।

४ लसुन

लशूनमा कामोत्तेजक गुण हुन्छ । लशूनको सेवनले रक्तप्रवाहलाई राम्रो बनाउँछ ।

५.प्याज

प्याज स्वास्थ्यका लागि लाभदायी छ । प्याजको सेवनले यौनांगको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा तीव्र बनाउँछ ।

६. काउली

काउलीमा पाइने पौष्टिक तत्त्वले पनि यौनक्षमतामा निकै वृद्दि ल्याउँछ ।

७. गान्टेमूला

गान्टेमूलाबाट नाइट्रेट तत्त्व प्राप्त हुन्छ । यसको सेवनले यौनांगमा रक्तप्रवाहमा सुधार आउनुका साथै यौनक्षमता वृद्धि हुन्छ । गान्टेमूलाको सेवनले हर्मोनमा सन्तुलन ल्याउँछ ।

८. पालुंगोको साग

पालुंगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनांगमा रक्तप्रवाह समेत बढाइदिन्छ । तर, उच्च रक्तचाप हुने व्यक्तिले नियमित पालुंगोको साग खान नहुने बताइन्छ ।

९ .एभोगार्डो

फोलिक एसिड र भिटामिन बी ६ दुबै एक स्वस्थ सेक्स ड्राइव का लागि आवश्यक छ । फोलिक एसिड शरीरलाई ऊर्जा के साथ पंप गर्न सहयोग गर्छ । जबकि भिटामिन बी ६ ले हार्मोनलाई स्थिर बनाउँछ ।