जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार १३:३३

शुक्रवार पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि उच्च


काठमाडौं, भदौ ५ । नेपाली बजारमा सुनचाँदीको भाउ पुनः बढेको छ । हिजो बिहीवार तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रवार तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर सुनको भाउ आज ३ लाख १६ हजार ७ सय पुगेको छ। यसअघि बुधबार घटेको सुनचाँदीकै मूल्य बिहीबार बढेको थियो। हिजो सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको थियो।

बुधबार भने सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो तोलामा २६० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।