काठमाडौं, भदौ ५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त पदाधिकारीमा पदपूर्ति गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संगठन बिभाग प्रमुख, प्रवक्ता, कोषाध्यक्षसहितका पदपूर्ति गरेको हो।
जसअनुसार प्रवक्तामा पूर्वसञ्चारमन्त्री तथा सांसद जगदीश खरेललाई मनोनीत गरेको छ भने कोषाध्यक्षमा डा. मनोहर प्रधानलाई चयन गरिएको छ । यस्तै सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित हुनुभएको छ ।
केन्द्रीय समिति बैठकले पार्टीको सवैभन्दा बलियो मानिने संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ । प्रवक्तामा मनोनीत खरेल र संगठनको कमाण्डर बनेका न्यौपाने दुवै चर्चित पत्रकार हुनुहुन्छ । पत्रकारिताबाट राजनीतिमा होमिनुभएका दुवै पत्रकारलाई रास्वपा सभापति रवि लामिछानेले प्रचार र संगठनको कमाण्ड सुम्पुनुभएको हो ।
प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य प्रमोद न्यौपाने रवि लामिछानेसँगको मित्रपत सम्बन्धका कारण रास्वपामा लाग्नुभएको थियो । यस्तै प्रेस चौतारीकै सदस्यरहनुभएका पत्रकार खरेल २०७९ सालमा कांग्रेस प्रवेश गर्नुभएको थियो ।
गत बर्षको भदौ २३–२४ को बिध्वंसकारी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तीले कुटाइ खाएर सेनाले जोगाएको घटनापछि खरेल सुशिला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्री बन्नुभएको थियो भने गत निर्वाचनमा ललितपुर २ बाट उम्मेदवार बनी चुनाव जित्नुभएको थियो ।
शुक्रवार सचिवालय र पदाधिकारीमा मनोनीत सवै नेताहरू सभापति लामिछाने पक्षधर हुन । बैठकले बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समुहका लागि एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको भाग छुट्टयाएको छ ।

प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन केन्द्रीय समिति बैठक छलेर छुट्टी मनाउन पोखरातिर हानिएपछि उहाँको भागमा तीन जना कोटा तोकेर बाँकी पदमा मनोनीत गरिएको संस्थापन निकट नेताहरूले जनाएका छन ।
केन्द्रीय समिति बैठकले सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वकोषाध्यक्ष लिमा अधिकारीसहित दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिनु भएको छ । सचिवालयमा समेटिएका सवै नेतासंस्थापन निकट हुन ।














प्रतिक्रिया दिनुहोस्