केपी ओलीलाई त थुनियो भनेर अरूलाई थर्कमान बनाउन खोजियो । यी बारुलाहरूले एक ठाउँमा यसो चिल्लान् । केही पनि हुँदैन । एकछिन दुख्ने हो
भक्तपुर, भदौ ६। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकारलाई जता पनि चिल्न आउने बारुलाको संज्ञा दिनुभएको छ । एमाले बागमती प्रचार बिभागले शनिबार नगरकोटमा आयोजना गरेको जनसंगठनको प्रशिक्षण भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
सरकारले आफूलाई पक्राउ गरेर दुनियाँलाई तर्साउने काम गरेको भन्दै ओलीले यसको गलत कामको प्रतिवाद गर्नुपर्ने बताउनु भयो । बालेन नेतृत्वमा सरकार बन्ने बित्तिकै चैत १३ गते राती नैकेपी ओलीलाई गिरफ्तार गरिएको थियो । सोही प्रसंग उप्काउँदै एमाले अध्यक्ष ओलीले बालेन सरकारलाई बारूलाको संज्ञा दिनुभयो ।
‘अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो । केपी ओलीलाई त थुनियो भनेर अरूलाई थर्कमान बनाउन खोजियो । यी बारुलाहरूले एक ठाउँमा यसो चिल्लान् । केही पनि हुँदैन । एकछिन दुख्ने हो,’ ओलीले भन्नुभयो ।
सम्बोधनको क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारलाई मुलुक ढुक्क साथ जिम्मा लगाउने अवस्था नरहेको तथ्य पनि औंल्याउनु भयो । ‘यी बारुलाहरूसँग डराएर सधैँ यिनीहरूका जिम्मामा देश लगाउन सकिँदैन,’ ओलीको भनाई थियो ।
उहाँले यो सरकारले निजी क्षेत्रलाई पनि त्रसित बनाइरहेको बताउनु भयो । ‘सम्पत्ति जफत गर्ने, बैंक खाता रोक्का गर्ने काममार्फत मुलुकलाई आर्थिक संकटमा फसाउने षड्यन्त्रमा सरकार उद्धत रहेको छ, निजी क्षेत्र आतंकित बनाएको छ,’ ओलीले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्