जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १८:१२

बादल र इन्दिरा राना मगरले बोलेको ‘अमर्यादित शब्द’ रेकर्डबाट हटाउन सभामुखको निर्देशन


काठमाडौं, भदौ ८ । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढसहित दुई सांसदले सदनमा प्रयोग गरेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

सभामुख अर्यालले रास्वपाकी सांसद पूर्वउपसभामुख इन्दिरा रानामगर र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय र अर्मयादित शब्द हटाउन निर्देशन दिनुभएको हो ।

भदौ १ गतेको बैठकमा रानाले प्रयोग गरेको भालु, वेश्या’ र ‘साइबर सेना’ जस्ता शब्द हटाउन निर्देशन दिनुभएको हो ।

यस्तै एमालेका संसदीय दलका नेता बादलले भदौ ३ गतेका बैठकमा प्रयोग गरेका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरूलाई सभामुख अर्यालले अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।