जनता टाइम्स

९ पुष २०७६, बुधबार १७:३०

धनुषामा जेठाजुले गरे बुहारीको हत्या


धनुषा, पुस ९ गते । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ मा एक जनाले धारिलो हतियार प्रयोग गरी आफ्नै भाइ बुहारीको हत्या गरेको छ । जेठाजु श्री प्रसाद पंजियारले खुकूरी प्रहार गर्दा भाइ बुहारी बर्ष ४० की रानी देवी पन्जियारको ज्यान गएको हो । दिउँसो ३:३० बजेको समयमा श्री प्रसाद पन्जियारको खुकुरी प्रहारबाट घाइते हुनुभएकी रानी देवीको उपचारको क्रममा जनकपुर अस्पतालमा ज्यान गएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने श्रीप्रसाद पन्जियार फरार भएका छन् । फरार पन्जियारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले धनुषाले जनाएको छ ।