धादिङ, भदाै १३ । धादिङमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।
बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयाे।
प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तहरूकाे साथधाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालका अनुसार घटनामा केही व्यक्ति पक्राउ परेका छन्।
सूचना आएपछि प्रहरी टोली गएको र केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने क्रममा नगद फेला पनि दाहालले बताउनु भयाे ।
धादिङ-१ बाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले बैंकको सेफ फोडेर पैसाँ बाडिएको भनेर लगातार सामाजिक सञ्जालबाट आवाज उठाउँदै आउनुभएकाे थियाे । तामाङकाे भनाइ सही सावित भएकाे हाे ।














प्रतिक्रिया दिनुहोस्