काठमाडौँ, १३ भदौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग एक विकेटले पराजित भएको छ ।
नेपाल ‘ए’ले दिएको १४३ रनको लक्ष्य भिक्टोरिया एकेडेमीले अन्तिम ओभरको अन्तिम बलमा नौ विकेट गुमाएर पूरा गरेको हो ।
भिक्टोरियाको जितमा ह्यारी होक्स्ट्राले अविजित ३५, टम रोजर्सले ३६ तथा ह्यारी डिक्सनले ३० रन बनाउनुभयो ।
नेपालका लागि युवराज खत्री र कुशल भुर्तेलले तीन–तीन तथा आकाश चन्दले एक विकेट लिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित ७० तथा दीपक डुम्रेले १६ रन बनाउनुभयो ।
यो हारसँगै नेपाल ‘ए’ले दुई खेलमा जित र चार खेलमा हारसहित तालिकाको सातौँ स्थानमा रहेर शृङ्खला टुङ्ग्याएको छ ।
नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइक, बङ्गलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित भएको थियो । नेपाल ‘ए’ले होबर्ट हुरिकेन्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई भने पराजित गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्