काठमाडौं, भदौ १४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले आफ्नो गलत बुझाइमा करेक्शन गरेको तथ्य खोल्नुभएको छ ।
सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दा जनताले राहत पाउन नसकेको तथ्यलाई प्रधानमन्त्री कार्यालयले बुझेको जानकारी मुख्यमन्त्री थापा मगरले गराउनु भएको हो । विपद् प्रतिकार्य र पार्टीको भूमिकाबारेको छलफलमा मुख्यमन्त्री थापाले यस्तो तथ्य खोल्नुभयो ।
उहाँका अनुसार आइतवार आज प्रधानमन्त्री बालेन शाहले आफूलाई बोलाएको र प्रदेशबाट विपद् राहत कोष खडा गरेर काम अगाडि बढाइसकेको जानकारी दिनुभयो ।
‘आज प्रधानमन्त्री कार्यालयबाट मलाई बोलाएको थियो । म अहिले त्यहाँ गएर प्रधानमन्त्रीका सल्लाहकार र विपद् व्यवस्थापनको टिमसँग बसेँ । आजै फेरि बस्नुछ । राहत सङ्कलन भएको छ । तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन,’ थापाले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री कार्यालयबाटै गोसाईंकुण्ड गाउँपालिका अध्यक्षलाई फोन लगाएर सुनाइदिएको जानकारी पनि दिनुभयो ।
‘राहत सामग्रीहरू नुवाकोटको बटारमा गएर बसेको छ, माथि धुन्चेको ब्यारेकमा गएर बसेको छ । त्यो सामग्री वितरण गर्नुपर्यो, मुख्यमन्त्रीज्यू, अब हामीबाट नहुने भयो । यो तपाईंले स्थानीय पालिकाबाट समन्वय गर्दिनुपर्यो । पालिकाका अध्यक्षलाई जोडेर त्यसको जिम्मेवारी मलाई जिम्मा लगाउने काम भएको छ,’ मुख्यमन्त्री थापाले भन्नुभयो ।
उहाँले आजै प्रधानमन्त्री कार्यालय र रास्वपा सभापति रवि लामिछानेले पनि राहतका लागि आवश्यक समन्वयका लागि बालावट भएको जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्