जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १८:२७

बागमतीका मुख्यमन्त्री किरण थापाले जन्मदिनमा कुनै कार्यक्रम नगर्ने, बाढीपीडितलाई ५ लाख रुपैँया सहयोग गर्ने 


काठमाडौं, भदौ १४। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीबाट ठूलो क्षति बेहोरेका नागरिकको पीडालाई ध्यानमा राख्दै आफ्नो जन्मदिनमा कुनै कार्यक्रम नगर्ने बताउनुभएको छ । 

उहाँले जन्मदिनका अवसरमा हुने खर्च कटौती गर्दै बाढीपीडितका लागि आफ्नो पार्टी नेकपा एमालेको सहायता कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्नुभएको हो। आइतबार भाेटेकाेशी बाढीले पुर्याएकाे क्षति बारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ब्रिफिङ  गर्ने क्रममा उहाँले सो जानकारी गराउनुभएको हो । 

मुख्यमन्त्री थापाले विपद्को यस कठिन घडीमा उत्सव मनाउनुभन्दा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो । 

उहाँले विपद्बाट प्रभावित नागरिकको साथमा प्रदेश सरकार निरन्तर खटिइरहेको उल्लेख गर्दै उद्धार, राहत तथा पुनर्निर्माणका काममा प्रदेश सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो ।