काठमाडौं, भदौ १६ । जावलाखेल ग्रुप अफ इन्ड्रष्ट्रिज (जेजीआई) ले हालै देशभर आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउन नेपाल सरकारलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरी हस्तान्तरण गरेको हो । प्राकृतिक विपत्तिको यस कठिन घडीमा सरकारले चालेका उद्धार र पुनर्स्थापनाका कदमहरूमा थप बल पुर्याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ ।
इन्ड्रष्ट्रिजले बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । यस विपत्तिबाट प्रभावित भएका र समस्या झेलिरहेका सम्पूर्ण व्यक्ति तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै जेजीआईले कठिन परिस्थितिमा धैर्य धारण गर्न र शीघ्र पुनर्लाभको कामना पनि गरेको छ ।














प्रतिक्रिया दिनुहोस्