जनता टाइम्स

१० पुष २०७६, बिहीबार १०:४०

रहेनन् सरकारका पूर्वसचिव श्रेष्ठ


काठमाडौं, पुष १०

नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उहाको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्रेष्ठलाई निमोनिया भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठलाई निमोनिया भएपछि नागरिक अस्पतामा भर्ना गरिएको र उहालाई हिजो मात्रै शिक्षण अस्पताल लगिएको थियो ।

पाल्पाको रामकोटमा जन्मिनु भएका श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवा प्रवेश गर्नुभएको थियो । सरकारी सेवामा रहँदा श्रेष्ठ इमानदार र कर्मनिष्ट कर्मचारीको रुपमा चिनिनु हुन्थ्यो । बालकोट निवासी उहाका एक छोरा र तिन छोरी छन् ।