जनता टाइम्स

१० पुष २०७६, बिहीबार ११:३९

सकियो शताब्दीकै लामो सूर्यग्रहण


काठमाडौं, पुष १०

शताब्दीकै सबैभन्दा लामो खण्डग्रास सूर्यग्रहण सकिएको छ । नेपालमा बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे भएको थियो भने बिहान ११ः३१ मा गहण सकिएको हो ।

सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको रहेको थियो । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो ।