जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०८:४१

पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल बने हिमालयन बैंकको अध्यक्ष


काठमाडौं, भदौ १८ । हिमालयन बैंक लिमिटेडको अध्यक्ष पदमा पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित हुनुभएको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औं बैठकले बैंकको संस्थापक समूहतर्फका सेयरधनी नेसनल लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने अर्याललाई अध्यक्षमा निर्वाचित गरेको हो।

बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार अर्याललाई भदौ १४ गतेदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो ।

डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलसामु पद तथा गोपनीयताको शपथ समेत लिइसक्नुभएको छ ।