काठमाडौं, भदौ १८ । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारतस्थित गुरुग्राम हरियाणा मेदान्त (द मेडिसिटी) हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार बहिरंग सेवा (OPD) मा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचहरुमा मेदान्त (द मेडिसिटी) हस्पिटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् । त्यसैगरी अन्तरंग सेवा (IPD) मा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचहरुमा मेदान्त –द मेडिसिटी हस्पिटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन ।
उक्त सम्झौता पत्रमा मेदान्त–द मेडिसिटी हस्पिटलका तर्फबाट प्रमुख कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंक लिमिटेडका तर्फबाट कन्ट्री हेड भारतका सुनिल मिश्राले हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्म कायम रहने छ ।














प्रतिक्रिया दिनुहोस्