काठमाडौं, भदौ १९ । बाढी तथा पहिरो प्रभावितका लागि मानवीय सहायता सामग्री बोकेका भारतीय वायुसेनाका दुई वटा सी–१३०जे विमान काठमाडौं आइपुगेका छन्।
भारतबाट आएका दुवै विमानमार्फत २१.५ टन मानवीय सहायता सामग्री नेपाल ल्याइएको हो।
काठमाडौं आइपुगेको राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ।
भारतले उपलब्ध गराएको यो सहायता छैटौँ खेप हो। प्राप्त राहत सामग्री बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा प्रयोग गरिने सरकारले जनाएको छ।
देशका विभिन्न प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी रहेका बेला भारतले मानवीय सहयोगस्वरूप राहत सामग्री पठाएको हो।














प्रतिक्रिया दिनुहोस्