जनता टाइम्स

१० पुष २०७६, बिहीबार १६:५९

मिचिएको एक इन्च भूमिपनि नछाड्ने प्रचण्डको उद्घोष


चितवन, पुष १०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आफ्नो सिमा एक इन्च पनि नछाड्ने उद्घोष गर्नु भएको छ । उहाले कसैको भूमि नमिच्ने र मिचिएको भूमिपनि फिर्ता गरेरै छाड्ने बताउनु भएको हो ।

हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुग्नु भएका अध्यक्ष प्रचण्डले नेपालले एक इन्च भूमि पनि नछाड्ने र अर्को भूमि दाबी पनि नगर्ने बताउनु भयो । ‘हामीलाई कसैको एक इन्च भूमि पनि चाहिँदैन । हाम्रो एक इन्च भूमि मिचेको पनि सहँदैनौं । नेपालीहरू राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा एकजुट छन् । हाम्रो आफ्नै मूल्य, मान्यता, मनोविज्ञान छ’, प्रचण्डको भनाई छ ।

उहाले नेपालीहरू अवसरको सङ्घारमा रहेको बताउँदै त्यसलाई सबैले सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । ‘अबको दशक विकासको दशकमा बदल्नुपर्छ । भिजिट नेपाल २०२० नजिकिँदैछ । अहिले तुलनात्मकरूपमा विश्वभर राम्रो सन्देश गएको छ । नेपाल आर्थिक विकासको गतिमा छ भने स्वीकार गरेको अवस्था छ’, उहाले भन्नुभयो ।