काठमाडौं, भदौ २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको कलांग पर्वतमाथि अमेरिकाले चाँडै हमला गर्न सक्ने चेतावनी दिनुभएको छ।
बीबीसीका अनुसार शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले नतान्ज परमाणु संयन्त्रनजिक रहेको कलांग पर्वतमा गहिरा सुरुङसहितको किल्लाबन्द सैन्य संरचना रहेको बताउनुभएको हो।
इरानमाथि जारी अमेरिकी सैन्य कारबाहीलाई उहाँले ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’को संज्ञा दिनुभएको छ। ट्रम्पका अनुसार इरानसँगको संघर्षमा हालसम्म १८ जना अमेरिकी सैनिकको मृत्यु भएको छ।
अमेरिकी क्षतिको तुलना गर्दै उहाँले भियतनाम युद्धमा एक लाख अमेरिकी नागरिक गुमाएको उल्लेख गर्नुभएको छ। साथै, यसअघि भेनेजुएलामा गरिएको अमेरिकी कारबाहीमा भने कुनै अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गर्नुभएको छ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा लामो समयदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’का रूपमा बुझ्नुपर्ने बताउनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्