जनता टाइम्स

१० पुष २०७६, बिहीबार २२:०३

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल, यी हुन सातै प्रदेशका मतदानस्थल


काठमाडौं, पुस १० । आगामी माघ ९ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदानस्थल तोकिएको छ । निर्वाचन आयोगले आज सातै प्रदेशको मतदानस्थल तोकेको हो ।

आयोगका अनुसार प्रदेश नं १ को मोरङस्थित बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । यस्तै प्रदेश नं २ को धनुषास्थित जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् ।

यसैगरी प्रदेश नं ३ को ललितपुरस्थित ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् ।

यसैगरी प्रदेश नं ५ को दाङस्थित घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको सुर्खेतस्थित बीरेन्द्रनगरको ।जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।

यसैगरी सुदूर पश्चिम प्रदेशको डोटीस्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माविमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ जना गरी जम्मा २ हजार ५६ जना मतदाता रहेको बताउनु भयो ।