भक्तपुर, पुस ११ । प्रेमीसँग मिलेर आमाको हत्या गर्ने गर्ने छोरीसहित चारै जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत भक्तपुरले बिहीवार गत असार १५ गते दिउँसो ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको हत्या गर्ने छोरी इश्वरीसहित चारै जनालाई जन्मकैद हुने फैसला सुनाएको हो ।
अदालतले छोरी ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो । न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियोग दाबीअनुसार चारै जनालाई हदैसम्मको सजाय सुनाएको श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो । चाँगुनारायण–७ बाँसबारीस्थित छोरी इश्वरीको घरमा बस्दै आएकी ६० वर्षीया साबित्रीको असारमा घाँटी रेटेर हत्या गरिएको थियो । हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ थियो । हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन् । छोरी र उनका प्रेमीबीचको सम्बन्ध थाह पाएपछि आमाकै हत्या गरिएको थियो ।
प्रहरीका अनुसार नौसादले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । दुबै मोहम्मद रहिश र भोला कुमार थिए । ईश्वरी र नौसाद भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थे । सोही क्रममा नौसादसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नौसादले हत्या योजना बनाएको र भट्टराईले सहयोगी भूमिका खेलेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्