काठमाडौं, भदौ २० । भोटेकोशीको विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सरिफले बिहीबार इस्लामावादस्थित नेपाली राजदूतावास पुगेर नेपालकी राजदूत रीता धितालसँग भेट गर्दै औपचारिक रूपमा समवेदना प्रकट गर्नुभएको नेपालस्थित पाकिस्तानी दूतावासले जानकारी दिएको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका अनुसार, भेटका क्रममा प्रधानमन्त्री सरिफले प्राकृतिक विपत्तिमा अमूल्य जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री सरिफले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना सन्देशसमेत लेख्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्