जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार ०७:१७

अमेरिकामा कार्गो विमान दुर्घटना, पाँचजनाको मृत्यु


काठमाडौं, भदौ २२ । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

पोर्टो रिकोको सान जुआनबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान आइतबार दिउँसो करिब २ बजे मियामी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो ।

रनवेबाट बाहिरिएपछि विमानले केही सवारीसाधनलाई ठक्कर दिँदा आगलागी भएको बताइएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

आगलागी नियन्त्रण तथा उद्धारका लागि करिब दुई सय अग्निनियन्त्रक परिचालन गरिएको थियो ।

अमेजनकी प्रवक्ता केली नान्टेलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गरेकी छन् ।