काठमाडौँ, भदौ २२ । बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखिएको छ । बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ ।
होल्डिङ सेन्टरमा झाडापखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको २१ हजार खोप र एक हजारभन्दा बढी प्याकेट जीवनजल पनि पठाएको छ।
ती क्षेत्रमा हैजासमेत फैलिन सक्ने जोखिम देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले २१ हजार डोज हैजाविरुद्धको खोप र एक हजार प्याकेट जीवनजल पठाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका– ३, रणभुवनेश्वरी माविमा राखिएका करिब एक सय बाढीपीडितमध्ये तीनजनामा झाडापखाला देखिएको छ ।
नुवाकोटको विदुर ७ कै लाइब्रेरी र स्वास्थ्यचौकी भवनमा बसेका चारजनामा पनि प्रकोप देखिएको छ । सो सेण्टरमा २५० जना बाढीपीडित बसिरहेका छन् ।
त्यस्तै, रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीनजनामा झाडापखाला देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्