जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार १५:२९

केपी ओलीको शोक बक्तब्य : आशा गरौं सवैको सकुशल उद्धारमा सफलता मिल्नेछ


काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

बाढीको बीचमा राहत र उद्धारमा खटिरहनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सोमवार शोक-श्रद्धाञ्जली बक्तब्य जारी गर्दै सवैको सकुशल उद्धार हुने अपेक्षामा आफू रहेको जानकारी पनि दिनुभएको छ ।ओलीले बक्तब्यमा भन्नुभएको छ, ‘ आशा गरौं हराईरहेका दाजुभाइ तथा दिदीबहिनीहरुको सकुशल उद्धारमा सफलता मिल्ने छ ।’

उहाँले बिपदको घडीमा अहोरात्र उद्धार तथा राहतको काममा खटिएका एमालेका स्वयंसेवन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित सवै बिज्ञ टोलीलाई धन्यवाद पनि दिनुभएको छ ।

ओलीले भन्नुभएको छ, ‘ यस विपत्तिको घडीमा अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा अतुलनीय योगदान पुरÞ्याउनुहुने नेकपा (एमाले) का स्वयम्सेवक साथिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत राज्यका अन्य निकायहरू एवं विभिन्न सामाजिक संघ–संस्थाहरू, प्रदेश र स्थानीय सरकार, स्थानीय जनसमुदाय र अन्तराष्ट्रिय समुदाय प्रति बिभिन्न प्रकारको सहयोगकालागि म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

बक्तब्यको पूर्णपाठ
शोक–श्रद्धाञ्जली

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आजभन्दा १३ दिनअघि (२०८३ भदौ १० गते) भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका हाम्रा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूको १३औं पुण्यतिथिमा हामी वहाहरुको सम्झना गरिरहेका छौं।

यस दुःखद् घडीमा, असामयिक निधन हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति म र मेरो पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । यस कठिन घडीमा आफ्ना प्रियजन गुमाउनुभएका शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।

यस विपत्तिको घडीमा अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा अतुलनीय योगदान पुरÞ्याउनुहुने नेकपा (एमाले) का स्वयम्सेवक साथिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत राज्यका अन्य निकायहरू एवं विभिन्न सामाजिक संघ–संस्थाहरू, प्रदेश र स्थानीय सरकार, स्थानीय जनसमुदाय र अन्तराष्ट्रिय समुदाय प्रति बिभिन्न प्रकारको सहयोगकालागि म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आशा गरौं हराईरहेका दाजुभाइ तथा दिदीबहिनीहरुको सकुशल उद्धारमा सफलता मिल्ने छ ।

साथै, बाढी र पहिरोबाट प्रभावित परिवारहरूको बाँकी राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन म सरकार र सम्बद्ध निकायहरूसँग पुनः जोडदार माग गर्दछु।

केपी शर्मा ओली

अध्यक्ष