काठमाडौं, भदौ २५ । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
टस जितेर ओमानले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो। दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने ओमान समूह ‘बी’ को उपविजेता हो।
समूह चरणमा नेपालले चारमध्ये तीन खेल जितेको थियो। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचका पछिल्ला पाँच खेलमा नेपालले तीन र ओमानले दुई खेल जितेका छन्।














प्रतिक्रिया दिनुहोस्