काठमाडौं, भदौ २५ । ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८ ओभर १ बलमा ६० रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जतिन्दर सिंहले २५, जितेन रामानन्दीले १३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३र३ तथा ललित राजवंशी र रोहितकुमार पौडेलले २र२ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १४७ रन बनाउँदा अलआउट भयो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ५१, बसिर अहमदले ४७, देव खनालले १३, मोहम्मद आसिफले ११ रन बनाए । ओमानका जय विराम ओडेडरा र हसनैन शाहले ३र३ विकेट लिए ।अब नेपालले उपाधिका लागि पर्सि शनिवार यूएईसँग खेल्नेछ । आजै भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले हरायो ।यो उपाधि जित्ने टोली एशिया कपमा छनोट हुनेछ । यस्तै फाइनलमा पुग्ने २ र तेस्रो हुने टोली इमर्जिङ टिम्स एशियाका लागि छनोट हुनेछन् ।














प्रतिक्रिया दिनुहोस्