जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १५:१९

काठमाडौँ आउँदै गरेको टाटा सुमो मकवानपुरको भीमफेदीमा दुर्घटना : ३ जनाको मृत्यु, पाँच घाइते


हेटौँडा, पुस ११

मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् । चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो ।

मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।