जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ०८:१८

एसीसी प्रिमियर कप फाइनल : नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने


काठमाडौं, भदौ२७ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनलमा नेपालले टस जितेर युएईलाई पहिले बलिङ गर्ने निम्तो दिएको हो । खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।

तेस्रो संस्करणको एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने भएका हुन् । दुवै टोली दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छन् ।

नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । युएईले सन् २०२४ मा आयोजक ओमानलाई हराउँदै उपाधि जितेको थियो ।

यसपटक फाइनलको विजेताले मात्र एसिया कपमा स्थान बनाउने भएकाले खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

नेपालले जारी प्रतियोगिताको समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । नेपालले ११ खेल जित्दा युएईले आठ खेल जितेको छ । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।

नेपालले पछिल्लोपटक गत मेमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईसँग खेलेको थियो । त्यसअन्तर्गतका दुवै खेल नेपालले जितेको थियो ।