जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १५:३१

‘मिस्टर नेपाल २०१९’ को उपाधि डा. सन्तोष उपाध्यायलाई


काठमाडौं, पुस ११

डा. सन्तोष उपाध्यायले मिस्टर नेपाल २०१९ को उपाधि जित्नुभएको छ । एक्स्पोज नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रतियोगिता कार्यक्रममा अन्य २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै डा. उपाध्यायले सो उपाधि जित्नुभएको हो । उहाँले मूख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जित्नुभएको थियो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सक्नुभएका डा. उपाध्याय हाल कमलबजार अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको समेत बताउनुभयो ।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता रहेको मिस्टर नेपाल घोषित हुनुभएका डा. उपाध्यायले अब मिस्टर वर्ल्डको लागि समेत तयारी गर्ने भन्दै सन् २०२० मा आयोजना हुने मिस्टर वल्र्डमा सहभागिता जनाउने बताउनुभयो ।