जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १६:०४

रविना टन्डनसहित तीन बलिउडकर्मीबिरुद्ध मुद्दा दायर


मुम्बइ, पुस ११ । बलिउडकी चर्चित अभिनेत्री रविना टन्डन, निर्देशक फराह खान र कमेडियन भारती सिंहविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । तीनै जनाबिरुद्ध धार्मिक भावनामा चोट र्पुयाएको भन्दै मुद्दा दायर भएको हो ।

उनीहरुविरुद्ध अमृतसर प्रहरीमा मुद्दा दर्ता भएको भारतीय सरकारी अधिकारीले बताएका छन । ‘क्रिश्चियन फ्रन्ट अफ अज्नाला ब्लक’का अध्यक्ष सोनु जफरले तिनै जनाबिरुद्ध गत बुधबार मुद्दा दर्ता गरेको ती अधिकारीले जनाए । मुद्दा दायर गर्दा प्रमाणका रुपमा उनीहरुले क्रिसमस इभमा खिचेको भिडियो समावेश गरिएको छ । उनका अनुसार ती बलिउडकर्मीले क्रिश्चियन धर्मावलम्वीहरुको धार्मिक भावनामा चोट पुर्याएका छन । सोही आधारमा मुद्दा दायर गरिएको हो ।