काठमाडौं, भदौ २८ । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
फिलिपिनी कोस्ट गार्ड (पीसीजी) का अनुसार शनिबार थप ४१ शव फेला परेसँगै घटनामा मृत्यु हुनेको संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई भने सकुशल उद्धार गरिएको छ ।
घटनामा अझै १३ जना बेपत्ता रहेको पीसीजीले जनाएको छ । बेपत्ताको खोजी, उद्धार तथा घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्