काठमाडौं, भदौ २८ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।














प्रतिक्रिया दिनुहोस्