काठमाडौं, भदौ २८ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले ४६औँ चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन प्रस्थान गर्न लागेको नेपाली चेस टोलीलाई बिदाइ तथा सफलताको शुभकामना व्यक्त गर्दै बिदाइ गर्नुभएको छ।
मुख्यमन्त्री थापाले विश्वस्तरीय चेस प्रतियोगितामा नेपाली खेलाडीहरूले आफ्नो प्रतिभा, मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले नेपाली टोलीको सफलता नेपाली खेलकुदसँगै राष्ट्रकै गौरवसँग जोडिएको बताउँदै अन्तर्राष्ट्रिय चेस जगतमा नेपालको नाम अझ उज्यालो बनाउन खेलाडीहरूलाई शुभकामना दिनुभएको हो। “विश्वस्तरीय प्रतिस्पर्धामा नेपालको झण्डा उँचो राख्दै आफ्नो प्रतिभा, मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न सम्पूर्ण खेलाडी तथा टोलीलाई शुभकामना व्यक्त गर्दछु,” मुख्यमन्त्री थापाले भन्नुभएको छ।

मुख्यमन्त्री थापाले नेपाली चेस टोलीले प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “तपाईँहरूको सफलता नेपाली खेलकुदको सफलता हो, राष्ट्रको गौरव हो।”
नेपालको नाम अन्तर्राष्ट्रिय चेस जगतमा अझ स्थापित गर्दै उत्कृष्ट नतिजा हासिल गर्न टोली सफल होस् भन्ने कामना गर्दै मुख्यमन्त्री थापाले सम्पूर्ण नेपाली चेस टोलीलाई सफल यात्राको शुभकामना व्यक्त गर्नुभएको छ।
“नेपालको नाम अन्तर्राष्ट्रिय चेस जगतमा अझ उज्यालो बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गर्न सक्नुहोस् भन्ने कामना गर्दछु,” उहाँले भन्नुभएको छ।
उहाँले खेलाडीहरूलाई नेपाल लेखिएकाे टिसर्ट सहितका सामाग्री हस्तान्तरण गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्