काठमाडौं, भदाै ३० । मंगलबार (आज) सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । हिजो पनि सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको थियो ।
त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।














प्रतिक्रिया दिनुहोस्