जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार १५:२९

प्रधानमन्त्री बालेनलाई एमालेले भन्यो : विपत्तिमा एक्लै काफी छु भन्ने घमण्ड नगर्नू


काठमाडौ, भदौ ३० । प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै केही ठाउँमा चुकेको तथ्य सुनाउनु भयो ।

‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो । हामी यहाँ चुक्यौं । हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं,’ अर्यालले भन्नुभयो ।

नेतृ अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देश र जनताको माया सबैलाई बराबर हुने बता उनु भयो ।

‘सरकारले विपद्का अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्थ्यो, त्यो पनि हुन सकेन । म भन्न चाहन्छु, यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ आर, ‘प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन । यसो भन्दैगर्दा काम नै भएन भन्न खोजेको होइन । अझ बेसी गर्न सकिन्थ्यो ।’