काठमाडौं, भदौ ३१ । सत्तारुढ र बिपक्षी दलहरूको सर्वदलीय बैठकले भोटेकोशी बाढीपछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको सत्तारुढ र प्रतिपक्षी दलहरूको सर्वदलीय बैठकले विशेष समिति बनाउन आग्रह गर्ने निर्णय गरेको हो ।
‘बैठकले बाढी जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको छ । समितिमा क–कसलाई राख्ने, टिओआर के हुने ? त्यो अब संसद्को कार्यक्षेत्रभित्र पर्छ’, बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा एमालेका सचिव पद्मा अर्यालले भन्नुभयो ।
एमाले संसदीय दलकी उपनेतासमेत रहनुभएकी सचिव अर्यालका अनुसार यी बाहेक बाढी प्रभावित क्षेत्रमा सरकारले गरेको कमजोरी लगायत विषयमा पनि बैठकमा समीक्षा भएको छ ।
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । यसअघि रास्वपा सभापति रवि लामिछानेले पहिलो पटक बोलाएको सर्वदलीय बैठकले खोजी, उद्धार र राहत वितरण तथा व्यवस्थापनको सन्दर्भमा १० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
तर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दलीय सहमतिलाइृ लत्याएको कारण आज पुनः सर्वदलीय बैठक बसेर सभामुखमार्फत बिशेष संसदीय समिति गठनको निर्णय गरिएको हो ।














प्रतिक्रिया दिनुहोस्