काठमाडौं, पुस १२ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा महाधिवेशन मिति घोषणा र केन्द्रीय बिभाग थप गर्ने निर्णयगराएकोमा कडा आपत्ति जनाउनु भएको छ ।
शुक्रवार बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका सवै नेताहरुले बहिष्कार गरेको बैठकबाट सभापति देउवा पक्षले २०७७ सालको फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले म्याद थप गरीअन्तिम समयमा महाधिवेशन गर्ने निर्णय अनुचित रहेको बताउनु भयो ।
‘कांग्रेसको इतिहासमा पहिलो पटक बहुमतबाट महाधिवेशनको घोषणा भएको छ । सभापतिले गुटलाई प्राथमिकतामा राखेर निर्णय गर्नुभयो । मंसिरबाट तल्लो तहको अधिवेशन सुरु गरेर फागुनमा महाधिवेशन गर्न सम्भव छैन । यस्तो निर्णय सभापतिले नसच्याए पार्टीमा एकता बन्ने देखिँदैन, झनै बिद्रोह हुन्छ ‘ सिटौलाले भन्नुभयो. ।
प्रतिक्रिया दिनुहोस्