काठमाडौं, असोज १ । पछिल्लो २४ घण्टाभन्दा बढी अवधिमा देशका पाँच जिल्लामा भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कपिलवस्तु, म्याग्दी, नवलपुर र संखुवासभामा भारी वर्षा मापन भएको हो ।
समाचार तयार पार्दासम्म लमजुङमा ८६.८, कपिलवस्तुमा ८३, म्याग्दीमा ६८.६, नवलपुरमा ६७ र संखुवासभामा ६५.९ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
यी पाँच जिल्लाका सम्बन्धित वर्षा मापन केन्द्रमा भएको वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरिएको छ ।
मौसम विभागका अनुसार २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।
महाशाखाले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।














प्रतिक्रिया दिनुहोस्