काठमाडौं, असोज १ । नापी कार्यालय डिल्लीबजारअन्तर्गत माछापोखरीस्थित ३ नम्बर नापी टोलीका प्रमुख डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ पर्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उहाँलाई टोखा नगरपालिका–५, वसुन्धारा चोकबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिई घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली परिचालन गरिएको थियो।
अख्तियारका अनुसार सेवाग्राहीबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वलीलाई नियन्त्रणमा लिइएको हो।
उहाँलाई विशेष अदालतमा पेश गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ।












प्रतिक्रिया दिनुहोस्