जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार १४:४३

भोटेकोशी बाढी प्रभावित २५० परिवारलाई राहत वितरण


धादिङ, असाेज २ । कर्णाली उत्थानशील अभियान नेपाल र आईसीडीसी धादिङको सहकार्यमा धादिङको गजुरी गाउँपालिकामा भोटेकोशी बाढीबाट प्रभावित २५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

बाढीका कारण प्रभावित परिवारलाई लक्षित गरी आयोजना गरिएको राहत वितरण कार्यक्रम गाउँपालिकाका जनप्रतिनिधिहरूको रोहवरमा सम्पन्न भएको हो। विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। राहत सामग्री प्राप्त गरेपछि प्रभावित परिवारहरूले विपद्का समयमा सहयोग पुर्‍याएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए।

कर्णाली उत्थानशील अभियान नेपाल र आईसीडीसी धादिङले आगामी दिनमा पनि विपद् प्रभावित तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।