काठमाडौं, असाेज २ । सरकारले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि उहाँ वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक तथा कामू कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उर्जामन्त्री बिराजभक्त श्रेष्ठले श्रेष्ठलाई नै राेज्नुभएकाे छ ।
सरकारले सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त हुनुभएकाे थियाे ।












प्रतिक्रिया दिनुहोस्