काठमाडौं, असोज ३ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ७–० को फराकिलो जित निकालेको छ।
म्युनिखस्थित एलियान्ज एरेनामा गएराति भएको खेलमा बायर्नले युनियन बर्लिनमाथि एकतर्फी प्रदर्शन गर्दै फराकिलो जित हासिल गरेको हो।
बायर्नको जितमा माइकल ओलिसेले ह्याट्रिक गरे भने ह्यारी केनले दुई गोल गर्नुभयो। जमाल मुसियाला र वैकल्पिक खेलाडी इस्माएल साइबारीले एक–एक गोल गर्नुभयो।
मुसियालाले खेलको १८औँ मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाउनुभयो। त्यसपछि केनले ३९औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याउनुभयो।
ओलिसेले ४३औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै बायर्नलाई ४–० को अग्रता दिलाउनुभयो। दोस्रो हाफमा साइबारीले ७०औँ तथा ओलिसेले ७३औँ र ७६औँ मिनेटमा गोल थप्नुभयो।
दुई गोलसँगै केनले बुन्डेसलिगामा १०० गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाउनुभएको छ।












प्रतिक्रिया दिनुहोस्