काठमाडौं, असोज ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नोबाहेक सवैको पद खारेजीको प्रस्ताव गर्नुभएको छ ।
संबिधान दिवसको अवसरमा संबिधानमै संशोधनका प्रस्ताव भन्दै शाहीले यस्तो धारणा राख्नुभएको हो । संविधान केवल कागजमा लेखिएको दस्तावेज मात्रै सीमित हुन नहुने भन्दै शाहीले राष्ट्रपति, प्रदेश सांसद खारेजी गर्नुपर्ने बताउनु भएको छ ।
उहाँको यो प्रस्तावअनुसार आफू निर्वाचित भएको प्रतिनिधिसभा र राष्ट्रियसभा मात्र बाँकी रहने देखिन्छ । यी विषयमा जनताको प्रत्यक्ष सहभागिता र जनमतका आधारमा संविधान परिमार्जन गर्न सकियो भने मात्रै स्थिरता, सुशासन र जनउत्तरदायी शासनको नयाँ आधार निर्माण गर्न सकिने शाहीको भनाइ छ।
यस्तो छन चार प्रस्ताव
पहिलो– प्रदेश संरचना खारेज गर्ने।
दोस्रो– नेपाललाई हिन्दू, बौद्ध, किराँतलगायत वैदिक–सनातन सभ्यताको पहिचानसहितको हिन्दू अधिराज्यका रूपमा पुनर्स्थापित गर्ने।
तेस्रो– राष्ट्रपति पद खारेज गरी राजसंस्था पुनर्स्थापित गर्ने।
चौथो– जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने।












प्रतिक्रिया दिनुहोस्