जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ११:५८

सरकारबिरुद्द बाेलेका राजनीतिक विश्लेषक भरत दाहाल कार्यक्रमस्थलमै पक्राउ


विराटनगर, असाेज ४ । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेकाे छ ।

दाहाललाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे ।

कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा पक्राउ गरी पठाइएकाे हाे । ´आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ,’ एसपी कटुवालले भन्नुभयाे ।

दाहालविरुद्ध साइवर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको जनाइएकाे छ ।

दाहाल कार्यक्रमका सिलसिलामा मोरङ आउनुभएकाे थियाे । उहाँलाई जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।

राजनीतिक बिश्लेषक दाहालले केही समययता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सरकारबिरुद्द कडा अभिब्यक्ति दिँँदै आउनुभएकाे छ ।