जनता टाइम्स

१२ पुष २०७६, शनिबार १७:४०

निर्मला शर्मालाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार


काठमाडौं, पुष १२

यसवर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार निर्मला शर्मालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी, अग्निशिखा पत्रकारिता पुरस्कार प्रमोद दाहाल, वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार झापाका राजु अधिकारी, बझाङका वसन्तप्रताप सिंह र सुनसरीकी सुभद्रा प्याकुरेललाई प्रदान गरिएको छ ।

डेकेन्द्र थापा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार सल्यानकी मीना बुढाथोकी, गोरखाका सुशील अर्याल र धादिङका दीपक रिजाललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

यस्तै पद्मलक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कार खोटाङका दमन राई, रामेछापका युनिकविफा घिसिङ र बाग्लुङका रविन बोहरालाई प्रदान गरिएको छ ।