जनता टाइम्स

१२ पुष २०७६, शनिबार २०:०९

पार्टीभित्रै सभापति देउवाले लोकतन्त्र निमोठे – कांग्रेस नेता पौडेल


काठमाडौं, पुष १२

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाले पार्टीभित्रै लोकतन्त्र निमोठेको गम्भिर आरोप लगाउनु भएके छ । लामो समयको विवादपछि शुक्रबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महत्वपूर्ण निर्णय गरेपछि उहा चिडिनु भएको हो ।

आफूहरूको सहमतिविना कार्यतालिका बनाएको र विभागसमेत बढाएर ४१ वटा पु¥याएको भन्दै पौडेलले पत्रकार सम्मेलन नै गरेको खारेजीको माग गर्नुभयो । शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गरी नेता पौडेलले शुक्रबारको बैठकले बहुमतले गरेको निर्णयले पार्टीलाई संकटमा पार्ने चेतावनीसमेत दिनुभयो ।

उहाले यसरी नै जाने हो भने पार्टीलाई कसरी बचाउने भनेर चिन्ता बढेको उल्लेख गर्नुभयो । ‘वैधानिक अवस्थालाई कसरी भताभुंग पारियो भन्ने देखा परेको छ । केन्द्रीय कार्यसमितिमा जुनखालका निर्णय भएका छन् ती गलत मनसाय र परिणाम ल्याउने किसिमले भएका छन् । तिनलाई सच्याउनुपर्छ’, उहाको भनाई छ ।

नेता पौडेलले पार्टीभित्रै लोकतन्त्र खोज्नुपर्ने दिन आएको बताउनुभयो । ‘नेकपा सरकारले दुई तिहाइका नाममा अधिनायकवादी चरित्र अपनायो भन्दै विरोध गरिरहेका छौँ’, पौडेलले भन्नुभयोे, ‘तर, पार्टी भित्र नै बहुमतले जे पनि निर्णय गर्दा पार्टीभित्रै लोकतन्त्र कहाँ छ ?’ उहाले पार्टी सभापति देउवाको अधिनायकवादी सोचका साथ गरेका निर्णय स्वीकार्य नहुने प्रस्ट पार्नुभयो । एउटा व्यक्तिको सोचका कारण पार्टी कमजोर बन्नु नहुनेमा जोड दिनुभयो । महामन्त्री कोइराला र प्रकाशमान सिंहले पनि सभापति देउवाले एकलौटी निर्णय गरेर ठिक नगरेको जिकिर गर्नुभयो ।