काठमाडौं, पुष १३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुख चयनका लागि छलफलमा जुटेको छ । त्यसका लागि सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
यसैगरी पार्टी एकताका बाँकी कामलाई आजै सक्नेगरी छलफल भईरहेको नेताहरुले बताएका छन् । केन्द्रीय कमिटी बैठक बस्नुअघि एकतालाई पूर्णता दिने स्थायी कमिटीको निर्णय अनुसार बैठकमा छलफल भईरहेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्