जनता टाइम्स

१३ पुष २०७६, आईतवार १५:००

गुण्डागर्दीमा उत्रियो नेविसंघ : त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड


काठमाडौं, पुष १३

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) गुण्डागर्दीमा उत्रिएको छ । आफु अनुकुलको रजिष्ट्रार नियुक्ति नभएको भन्दै नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको हो ।

राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले आइतबार विहान उपकुलपति कार्यालय तोडफोड गरेको छ ।

उपकुलपति बाँस्कोटाको सिफारिसमा गत शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गर्नुभएको थियो ।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले अयोग्य व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेपछि बाध्य भएर विरोध गर्नुपरेको बताउनु भयो । नेविसंघले तोडफोड गर्दा कार्यकक्षमा रहेका कागजपत्र केही च्यातिएका छन ।