जनता टाइम्स

१३ पुष २०७६, आईतवार १६:२५

सिपी गजुरेल पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, पुस १३ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वाधीनताको आन्दोलनका नाममा ज्ञापनपत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा गजुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो । गजुरेलसँगै सो पार्टीका अन्य नेता कार्यकर्तासमेत पक्राउ परेका छन । सीमा मिचिएकोलगायत विषयलाई लिएर आन्दोलन गर्ने क्रममा गजुरेललगायतको समूहले प्रहरीमाथि ढुंगामुढा प्रहरा गरेपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

ढुंगामुढा गर्दा एक जना प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक सामान्य घाइते भएका छन ।